ह्यात रेजेन्सी काठमाडौंमा क्रिसमस ट्री लाइटिङ समारोह, मुख्य आकर्षण जिन्जरब्रेड हाउस

बिजमाण्डू
२०८१ पुष १ गते ०८:२१ | Dec 16, 2024
ह्यात रेजेन्सी काठमाडौंमा क्रिसमस ट्री लाइटिङ समारोह, मुख्य आकर्षण जिन्जरब्रेड हाउस


काठमाडौं। ह्यात रिजेन्सी काठमाडौंले क्रिसमस ट्री लाइटिङ समारोहको आयोजना गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रमले चर्चित ब्लगरहरू, समाजसेवीहरू, राजदूतहरू, कर्पोरेट नेताहरू र मिडिया प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याउँदै उत्साहपूर्ण वातावरण सिर्जना गरेको ह्यातले जनाएको छ।

Tata
GBIME
NLIC

सो क्रममा होटलको लबीलाई चाडपर्वको जादूयी संसारजस्तै देखिने गरी सजाइएको थियो। झिलीमिली बत्तीहरू, आकर्षक सजावटहरू र बीच भागमा ठडिएको भव्य क्रिसमस ट्रीले उपस्थित सबैको ध्यान खिचेको थियो।

कार्यक्रमको मुख्य आकर्षण प्रेमपूर्वक सजाइएको जिन्जरब्रेड हाउस थियो, जसले चाडपर्वको उत्सवलाई झल्काएको थियो। उक्त जिन्जरब्रेड हाउसमा आगन्तुकहरूले खरिद गर्न सक्ने विभिन्न क्रिसमसका मिठाईहरू राखिएका थिए।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै ह्यात रेजेन्सी काठमाडौंले मेन्डिज हेभन नामक बालगृहसँग सहकार्य गरेको थियो। बालगृहका बालबालिकाहरूले परम्परागत क्रिसमस क्यारोल गाएर उपस्थित दर्शकहरूको मन छोए। उनीहरूको गायनले वातावरणलाई जादूमय बनाउँदै चाडपर्वको स्पिरिटलाई अझ जीवन्त बनाएको थियो।

कार्यक्रममा ह्यात रेजेन्सी काठमाडौंका अपरेसन निर्देशक वाल्टर परेइराले क्रिसमस ट्री लाइटिङ समारोह सबैभन्दा प्रिय परम्पराहरूमध्येको एक भएको बताए।

उनले भने, ‘यस वर्ष हामीले यस्तो कार्यक्रम आयोजना गर्न चाहेका थियौँ, जसले चाडपर्वको खुशी र न्यानोपनलाई जीवन्त गरोस्। जिन्जरब्रेड हाउसदेखि लिएर बालबालिकाहरूको क्यारोल गायनसम्म, यो खुशी र सम्बन्धको साँझ थियो। हामी सबै सहभागीहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले यसलाई सफल बनाउन सहयोग पुर्‍याउनुभयो।’