सोमबार बिहानैदेखि फेसबुकमा अनौठो समस्या, के कारणले आयो यस्तो ‘ग्लिच’?

बिजमाण्डू
२०८१ मंसिर २४ गते १०:५४ | Dec 9, 2024
सोमबार बिहानैदेखि फेसबुकमा अनौठो समस्या, के कारणले आयो यस्तो ‘ग्लिच’?

काठमाडौं। फेसबुकमा अनौठो ‘ग्लिच’ देखिएको छ। सोमबार बिहानदेखि फेसबुक प्रयोगकर्ताहरुले आफ्नो ‘होम’ पेजमा आउने पोस्टहरुमा अनौठो दृष्य देखिरहेका छन्।

Tata
GBIME

कुनै पनि पोस्ट हाल्ने पेज, फ्रेन्डलगायतमा अनेक नम्बरका डिजिट र अल्फाबेट देखिइरहेको छ।

पोस्ट भएको समय, बार देखाउनुपर्ने स्थानमा ग्लिच देखिएको छ।

फेसबुकले भने उक्त समस्याबारे कुनै औपचारिक धारणा वा कारण सार्वजनिक गरेको छैन।