काठमाडौं। नेपाल टेलिकमले भुकम्प प्रभावित चार जिल्लामा असार मसान्तभित्र निशुल्क इन्टरनेट सेवा दिने भएको छ।
टेलिकमका अनुसार सिन्धुपाल्चोकको एक सय ८७, काभ्रेपलाञ्चोकको दुई सय ८९, नुवाकोटको एक सय ५९ र रसुवाको ४० क्षेत्रमा निशुल्क इन्टरनेट सेवा दिन लागेको हो।
चार जिल्लाको सात सय ४७ केन्द्रमा हालसम्म ९० प्रतिशत काम सकिइसकेको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार हरेक क्षेत्रका सेवाग्राहीले हेल्थपोष्ट नगरपालिका, वडा कार्यालय, गाउँपालिका, विद्यालय लगायतका निकायमा पाँच सय १२ केबीपिएस गतिको अनलिमीटेड इन्टरनेट दुई वर्षको अवधिसम्म प्रयोग गर्न पाउनेछन्।
कम्पनीले इन्टरनेट सेवा दिनका लागि उक्त क्षेत्रमा वाइम्याक्स बेस स्टेसन, थ्री जी डिभाइस र इभिडीयोको व्यवस्था गरेको कम्पनीले बताएको छ।