२२ कम्पनीको १९ अर्ब ४० करोडको हकप्रद सेयर पाइपलाइनमा, कुनले कतिको ल्याउँदै छन् ?

बिजमाण्डू
२०८१ भदौ १० गते १३:०१ | Aug 26, 2024
२२ कम्पनीको १९ अर्ब ४० करोडको हकप्रद सेयर पाइपलाइनमा, कुनले कतिको ल्याउँदै छन् ?

काठमाडौं। हकप्रद सेयर निष्कासनका लागि करिब दुई दर्जन कम्पनीले दिएको निवेदन पेन्डिङमा बसेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार ८ महिनादेखि सार्वजनिक निष्कासनको स्वीकृति अघि बढ्न नसक्दा हकप्रद सेयर निष्कासनका लागि परेका आवेदन पेन्डिङमा रहेका हुन्।

Tata
GBIME

सेबोनका अनुसार २२ कम्पनीको १९ करोड ४० लाख २५ हजार २३० कित्ता हकप्रद सेयर पाइपलाइनमा छ। कम्पनीहरुले १९ अर्ब ४० करोड २५ लाख २३ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएका हुन्।

हकप्रद सेयर निष्कासनका लागि आवेदन दिनेमा ८ वटा इन्स्योरेन्स र १४ वटा हाइड्रोपावर कम्पनी छन्।

गत पुस अन्तिम सातादेखि कार्यकारी अध्यक्षको पद रिक्त रहेकाले सेबोनले सार्वजनिक निष्कासन स्वीकृतिको प्रक्रिया अघि बढाएको छैन।

लाइफ इन्स्योरेन्स कर्पाेरेसनले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न चाहेको छ। उसले सेबोनमा निवेदन दिएको गत असोजमा नै हो।

कम्पनीसेयर कित्ता संख्यारकम रुपैयाँ
एनएलजी इन्स्योरेन्स९६३१२२०.२२९६३१२२०२२
जोशी डेभलपमेन्ट कम्पनी२४१४१००२४१४१००००
खानीखोला हाइड्रोपावर ४६५७१४३४६५७१४३००
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ७३०३२००७३०३२००००
नेको इन्स्योरेन्स५०३०९०१.५५५०३०९०१५५
तेह्रथुम पावर कम्पनी४००००००४००००००००
बलेफी हाइड्रोपावर१८२७९७००१८२७९७००००
एसियन लाइफ इन्स्योरेन्स१४२७९३१२.४८१४२७९३१२४८
प्रभु इन्स्योरेन्स८३५०१३५.४४८३५०१३५४४
बाराही हाइड्रोपावर२५०००००२५०००००००
पिपुल्स पावर३१६३०००३१६३०००००
दोर्दी खोला जलविद्युत१०५४२६०४१०५४२६०४००
राप्ति पावर हाइड्रोपावर६१२७९३८६१२७९३८००
रिभर फल्स पावर७,००००००७००००००००
सन नेपाल लाइफ इन्स्योरेन्स१०६९६३२०१०६९६३२०००
शिभश्री हाइड्रोपावर१४७६४०००१४७६४०००००
नेपाल इन्स्योरेन्स कम्पनी६५७६९३७.७६६५७६९३७७६
बरुण हाइड्रोपावर५३५८१५०५३५८१५०००
छ्याङदी हाइड्रोपावर३८६९७७५३८६९७७५००
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल२३४६८०००२३४६८०००००
ङादी ग्रुप पावर१८५१२७९२.२३१८५१२७९२२३
लिबर्टी इनर्जी कम्पनी७५०००००७५०००००००
जम्मा१९४०२५२३०.६८१९४०२५२३०६८
स्रोत : नेपाल धितोपत्र बोर्ड