न्यूरोडमा फेरि फुटपाथ विस्तारको विरोध, सडकमै धर्नामा बसे वडा अध्यक्षहरु

बिजमाण्डू
२०८१ साउन ४ गते ११:१५ | Jul 19, 2024
न्यूरोडमा फेरि फुटपाथ विस्तारको विरोध, सडकमै धर्नामा बसे वडा अध्यक्षहरु

काठमाडौं । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारका लागि बाटो खोलेपछि काठमाडौं महानगरले सडक काट्न सुरु गरेको विरोधमा केही स्थानीयले विरोध गरेका छन्।

Tata
GBIME

वडा १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन र वडा २२ का अध्क्ष्य चिनीकाजी महर्जन सहित केही स्थानीय सडकमा बसेर धर्ना दिइरहेका छन्। जसकारण जुद्धशालिकाबाट झ्व:छेँ जाने सडकखण्डमा यातायात संचालन अवरुद्ध भएको छ।

जुद्धशालिकदेखि इन्द्रचोक जाने सडकखण्डमा महानगरले फुटपाथ चौडा पार्ने तयारी गरेको हो। महानगरले यसअघि पनि त्यहाँ सडक काटेर फुटपाथ बढाउन खोजेको थियो। तर, समन्वय नगरेको भन्दै सडक विभागले महानगरले काटेको सडक पुन: पुरेको थियो। त्यसबेला पन केही स्थानीयले विरोध जनाएका थिए। केही स्थानीयले भने फुटपाथ विस्तारको समर्थन गरिरहेका छन्।

अहिले अदालतको आदेश पछि भने महानगरले फेरि सडक काट्न थालेपछि विरोध सुरु भएको हो। हाल न्यूरोड क्षेत्रमा ठूलो संख्यामा प्रहरी र महाननगर तैनाथ गरिएको छ।