बागमती खोलामा बाढी आउँदा बल्खु क्षेत्रका घरमा पस्यो कम्मर-कम्मरसम्म पानी

प्रवीण रानाभाट
२०८१ असार २२ गते १९:१८ | Jul 6, 2024
बागमती खोलामा बाढी आउँदा बल्खु क्षेत्रका घरमा पस्यो कम्मर-कम्मरसम्म पानी

काठमाडौं। बागमती खोलामा बाढी आउँदा सो आसपासका विभिन्न क्षेत्र डुबानमा परेका छन्।

Tata
GBIME

बागमती खोलाको बाढीले बल्खुको तरकारी बजार, टेकु, सुकुम्वासी बस्ती लगायत क्षेत्र डुबानमा परेका हुन्। त्यसक्षेत्रका घरहरूमा कम्मर-कम्मरसम्म पानी पसेको छ।

गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायत खोलामा जलसतह बढेको छ।

सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ।