गोदावरी खोलामा बाढी आउँदा ललितपुरको टीकाथलीस्थित जलजला मार्ग डुबानमा

रोजन श्रेष्ठ
२०८१ असार २२ गते १८:२६ | Jul 6, 2024
गोदावरी खोलामा बाढी आउँदा ललितपुरको टीकाथलीस्थित जलजला मार्ग डुबानमा

काठमाडौं। गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायत खोलामा जलसतह बढेको छ।

Tata
GBIME

त्यस्तै, गोदावरी खोलामा बाढी आउँदा ललितपुरको टीकाथलीस्थित जलजला मार्ग डुबानमा परेको छ। त्यसक्षेत्रका घरहरूमा पानी पसेको छ।

करिडोरका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ।