राष्ट्रिय सभाको मनोनीत सदस्यको कोटामा एमालेकी अन्जान शाक्य सिफारिस

बिजमाण्डू
२०८० चैत्र ३० गते १५:३० | Apr 12, 2024
राष्ट्रिय सभाको मनोनीत सदस्यको कोटामा एमालेकी अन्जान शाक्य सिफारिस


काठमाडौं। सरकारले राष्ट्रिय सभाको रिक्त रहेको सिटमा डा. अन्जान शाक्यलाई मनोनीत गर्न सिफारिस गरेको छ।

Tata
GBIME
NLIC

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले बताइन्।

‘राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदमा डा. अन्जान शाक्यलाई मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ प्रवक्ता शर्माले भनिन्।

राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा २०७५ पुस १६ गते शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन्।

मनोनीत कोटामा यसअघि एमालेकै विमला राई पौडेल थिइन्। उनको ६ वर्षे कार्यकाल फागुन २० गते पूरा भएको थियो।

यसअघि मनोनीत कोटामा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति भएको भनिएको थियो। तर जनमोर्चा अहिले नयाँ सत्ता समीकरणमा छैन।