एनसेलले पठायो सेयर बिक्रीको औपचारिक जवाफ‚ एनटीएले स्वीकृति लिन दिएको थियो निर्देशन

बिजमाण्डू
२०८० मंसिर २० गते १२:०८ | Dec 6, 2023
एनसेलले पठायो सेयर बिक्रीको औपचारिक जवाफ‚ एनटीएले स्वीकृति लिन दिएको थियो निर्देशन

काठमाडौं। एनसेलले सेयर खरिदबिक्रीको औपचारिक जवाफ पठाएको छ। एनसेलले सेयर खरिदबिक्रीको विषयमा आवश्यक कागजात संकलन गरिरहेकाले केही समयमै आवश्यक स्वीकृति प्रक्रिया अघि बढाउने जनाएको छ।

Tata
GBIME

संसद्को अर्थ समितिको बैठकमा बुधबार नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले पठाएको जवाफ बारे जानकारी गराएका छन्।

एनसेलले पठाएको पत्र

प्राधिकरणले मंसिर १५ गते एनसेललाई सेयर किनबेच अघि स्वीकृति लिन निर्देशन दिएको थियो। एनसेलको ८० प्रतिशत हिस्सा बेलायती कम्पनीले किनेको सार्वजनिक भएपछि मात्रै नियामक निकायले निर्देशन दिएको थियो।