लगातार सात कारोबार दिनदेखि नेप्से घटेको घट्यै, मंगलबार कारोबार रकम भने डेढ अर्ब नाघ्यो

बिजमाण्डू
२०८० मंसिर १९ गते १५:०९ | Dec 5, 2023
लगातार सात कारोबार दिनदेखि नेप्से घटेको घट्यै, मंगलबार कारोबार रकम भने डेढ अर्ब नाघ्यो


काठमाडौं। पछिल्लो सात कारोबार दिनदेखि सेयर बजार परिसूचक नेप्से घट्ने क्रम रोकिएको छैन। मंगलबारसमेत नेप्से दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा ओर्लिएको छ।

Tata
GBIME
NLIC

सोमबारको तुलनामा कारोबार रकममा भने सुधार देखिएको छ। आज दिनभर १ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सोमबार कारोबार रकम १ अर्ब १९ करोड रुपैयाँ थियो।

आज ४९ कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटाको भने घटेको छ। १३ कम्पनीको सेयर मूल्य स्थिर छ।

माहुली लघुवित्त, लिबर्टी एनर्जीलगायत कम्पनीका लगानीकर्ताहरुले बढी कमाउँदा विशाल बजार, माउन्टेन एनर्जी, उन्नति सहकार्य लघुवित्त, एनआरएन इन्फ्रस्ट्रक्चरलगायत कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन्।

माउन्टेन एनर्जी, सिटिजन लाइफ, एनआरएन इन्फ्रस्ट्रक्चर, सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर शीर्ष टर्नओभरको सूचीमा अगाडि छन्।