बिल बिजकभन्दा बढी सामान लोड गरिएको ट्रक नियन्त्रणमा, ६० लाखको सामान बरामद

बिजमाण्डू
२०८० मंसिर १३ गते ०९:४१ | Nov 29, 2023
बिल बिजकभन्दा बढी सामान लोड गरिएको ट्रक नियन्त्रणमा, ६० लाखको सामान बरामद

काठमाडौं । बिल बिजकमा उल्लिखितभन्दा बढी सामान बोकेको एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tata
GBIME

रातिको समयमा बिल बिजकमा भएभन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रकलाई वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा वीरगंज-१४ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीकाअनुसार ना६ख ४९४० नम्बरको मालबाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा बिलबिजक शंकास्पद देखिएको थियो। उक्त ट्रकमा ६० लाख ७९ हजार बराबरको सामान थियो।

प्रहरीले ट्रकबाट बरामद सामानलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।