आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

बिजमाण्डू
२०८० भदौ २३ गते ०६:४१ | Sep 9, 2023
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
NLIC

सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्य बदली रही कोशी, मधेश, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको पनि सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्‍चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।