गोठाटारको नवतन धाममा कृष्ण जन्माष्टमीको उल्लास

प्रवीण रानाभाट, प्रवीण रानाभाट
२०८० भदौ २० गते ०९:४७ | Sep 6, 2023
गोठाटारको नवतन धाममा कृष्ण जन्माष्टमीको उल्लास

काठमाडौं । आज कृष्ण जन्माष्टमी। भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।

Tata
GBIME

आज देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। गोठाटारमा रहेको कृष्ण मन्दिर ‘नवतन धाम’मा पनि आज बिहानदेखि भक्तजनहरुको भिड लागेको छ।

बालबालिकालाई कृष्ण र राधाको पहिरनमा सजाएर कृष्ण मन्दिर वरिपरि ल्याउनेको संख्या धेरै छ।

श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसेर रातभर जाग्राम बस्छन्।