
काठमाडौं। ललितपुर उद्योग वाणिज्य संघको आउँदो नेतृत्वमा रवीन्द्रराज ताम्राकारले उम्मेदवारी दिने भएका छन्। असोज १९ र २० गते हुने साधारण सभामा आफूले अध्यक्षमा उम्मेदवारी दिने उनले बताएका हुन्।
‘यही असोज १९ र २० गते हुने ४४ औं साधारणसभामा नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि मैले आफूलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छु,’ ताम्राकारले भने।
अजरमान जोशीको नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका ताम्रकार तामा-पित्तल व्यवसायी हुन्।
व्यवसायका अतिरिक्त ललितपुरको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषतालाई संरक्षण र प्रर्वद्धन गर्ने काममा आफू लागिपर्ने उनले बताएका छन्।