औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त, निजीकरण समितिमा केसी र सापकोटा मनोनीत

बिजमाण्डू
२०८० भदौ १२ गते २०:२१ | Aug 29, 2023
औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त, निजीकरण समितिमा केसी र सापकोटा मनोनीत


काठमाडौं। सरकारले प्रशासन सेवा सहसचिव दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ। मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले घिमिरेलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले बताए।

Tata
GBIME
NLIC

घिमिरे हाल चीनको छेन्दुस्थित महावाणिज्य दूतावसमा कार्यरत छन्। २०७७ पुसमा घिमिरे महावाणिज्य दूत नियुक्त भएका थिए।

यस्तै, बैठकले अर्थ मन्त्रालयको निजीकरण समितिमा दुई सांसद मनोनीत गरेको छ। समितिमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा (माओवादी केन्द्र) का माधव सापकोटालाई मनोनीत गरेको हो।

यस्तै, बैठकले औषधि लिमिटेडको महाप्रबन्धनकमा कैलाशकुमार पनेरुलाई नियुक्ति गरेको छ। दुई विधेयक संसदमा दर्ताका लागि स्वीकृत भएका छन्। भन्सार विधेयक र विद्युत् विधेयक संसदमा दर्ताका लागि स्वीकृत भएका हुन्।