काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल बैंकले आफ्नो पूँजी बृद्धि योजनामा परिमार्जन गरेको छ । बैंकले हकप्रद सेयरको अनुपात परिवर्तन गरेको हो ।
नेपाल राष्ट्रको निर्देशनमा पूँजी योजना परिवर्तन गरेको जनाएको छ । बैंकले १० बराबर ५.५ प्रतिसतका दरले लगानीकर्तालाई बोनस सेयर दिने योजना सार्वजनिक गरेको छ । यस अघिको पूँजी बृद्धि योजनामा बैंकले १० बराबर ४को अनुपातमा हकप्रद दिने उल्लेख थियो ।
बैंकले प्रिमियर फिनान्स किनेर हुने पुँजीलाई समेत पूँजी बृद्धि योजनामा समावेश गरेको छ । बैंकले गत साउन ३२ गते नै पूँजी बृदि योजना राष्ट्र बैंकमा पेश गरेको थियो ।
राष्ट्र बैंकले चालु आर्थिकका लागि जारी गरेको मौद्रिक नीतिमा आगामी दुई वर्ष भित्र बाणिज्य बैंकको चुक्ता पूँजी आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरिएको छ । यही व्यवस्था अनुसार सिटिजन्स बैंकले बोनस, हकप्रद र एक्विजिसनबाट पूँजी बृद्धि गर्ने जनाएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले २० प्रतिसत बोनस दिने घोषणा पनि गरिसकेको छ ।
यस्ताे छ पूँजी याेजनाः











