आयरल्यान्डमा एक राजनीतिक दलको स्टोरबाट सुन गायब, पार्टीको ‘फन्डिङ’बारे उठ्यो प्रश्न

बिजमाण्डू
२०८० साउन १७ गते १६:४६ | Aug 2, 2023
आयरल्यान्डमा एक राजनीतिक दलको स्टोरबाट सुन गायब, पार्टीको ‘फन्डिङ’बारे उठ्यो प्रश्न
Photo : Getty Images


आयरल्यान्डको एक राजनीतिक दलको स्टोरबाट सुन हराएको घटनाबारे प्रहरी र निर्वाचन आयोगले अनुसन्धान गरिरहेको छ। दक्षिणपन्थी नेशनल पार्टीको स्टोरबाट हराएको सुन भने प्रहरीले फेला पारिसकेको छ।

Tata
GBIME
NLIC

पार्टीका नेता जस्टिन बरेटले डबलिनमा रहेको पार्टीको ‘स्टोरेज एरिया’को सेफबाट गत साता सुन हराएको भन्दै उजुरी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

हराएका सुनका बारहरु  ४ लाख ३० हजार अमेरिकी डलर मूल्यको रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

प्रहरीले हराएको सुन फेला पारे पनि अब पार्टीको ‘फन्डिङ’माथि नै प्रश्न उठ्न थालेको छ। बरेटले भने युरो र अन्य मुद्रा कमजोर हुन सक्ने भन्दै पार्टीले सुन खरिद गरेर ‘रिजर्भ’ गरेको स्पष्टीकरण दिएका छन्।

यो घटना सार्वजनिक भएपछि नेशनल पार्टीमाथि ‘इलेक्टोलर’ कानुन अनुसार आफ्नो आर्थिक विवरण दर्ता नगराएको आरोपसमेत लागेको छ। आयरल्यान्डको निर्वाचन आयोगले अब यसबारेमा अनुसन्धान गर्ने भएको छ।

नेशनल पार्टी आयरल्यान्डको सानो राजनीतिक दल हो। सन् २०१६ मा खुलेको यो यो पार्टीको संसदमा प्रतिनिधित्व छैन। कुनै पनि निर्वाचनमा यो पार्टीले २.४ प्रतिशत मत भन्दा बढी मत पाउन सकेको छैन। यो घटनापछि आयरल्यान्डका दक्षिणपन्थी पार्टीहरुमाथि नै प्रश्न उठेको छ।