काँग्रेसबाट सभापति कोइराला प्रधानमन्त्रीको उम्मेदवार, प्याकेजमा सहमति गर्ने माओवादी अडान

बिजमाण्डू
२०६९ मंसिर २० गते ००:०० | Dec 5, 2012
काँग्रेसबाट सभापति कोइराला प्रधानमन्त्रीको उम्मेदवार, प्याकेजमा सहमति गर्ने माओवादी अडान


काठमाडौँ । काँग्रेसले सहमतीय सरकारका लागि पार्टीसभापति सुशील कोइरालालाई प्रस्ताव गरेको छ । बुधवार दिउँसो बसेको काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले कोइरालालाई प्रस्ताव गरेको हो । केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कोइरालालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको हो । कोइरालाको उम्मेदवारीलाई उपसभापति रामचन्द्र पौडेल  र वरिष्ठ नेता शेरबहादुर देउवाले समर्थन गरेका छन् ।
केन्द्रिय कार्यसमिति बैठक बस्नु अघि पार्टी पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यहरुको कोइराला निवास महाराजगन्जमा छलफल भएको थियो । राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकारका लागि राजनीतिक दलहरुलाई दोस्रो पटक दिएको समयसिमा विहिवार सकिंदैछ ।
मंगलवार दिउँसो बसेको तीन ठूला दल र मधेशी मोर्चाको बैठकमा काँग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्न आग्रह गरिएको थियो । ठूलो दलले नाम मागेपछि काँग्रेसमा कोइरालालाई उम्मेदवार बनाउने सहमति भएको थियो । उता बुधवार बसेको माओवादी बैठकले संविधान निर्माणलगायतका विषयमा एकीकृतरूपमा सहमति भएमात्र राष्ट्रिय सहमतिको सरकार स्वीकार गर्ने निर्णय गरेको छ  ।
पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा वैशाख महिनाभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्र्ने, निर्वाचनका लागि देखापरेका संवैधानिक तथा कानुनी जटिलता समाधान गर्ने, संविधानसभाको निर्वाचनमा सदस्य सङ्ख्या घटाउने र राष्ट्रिय सहमतिमै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने विषयमा सहमति भएमात्र राष्ट्रिय सहमतिको सरकार स्वीकार गर्ने निर्णय भएको थियो ।

Tata
GBIME
NLIC