
काठमाडौं। सेयर बजारमा हालसालै सूचीकृत दोल्ती पावर कम्पनीले ५ करोड रुपैयाँ खुद नोक्सानीमा छ। कम्पनीले चालु आवको चैत मसान्तसम्म सो घाटामा छ।
विद्युत बिक्री घटे लगत्तै पोहोर चैतमा ५० लाख नाफामा रहेको दोल्ती पावर यसपाली घाटामा गएको हो। कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ। जुन पोहोर ८ करोड ३७ लाख रुपैयाँ थियो।
कम्पनीले कर्जामा तिर्दै आएको ब्याज दर बढ्दा त्यसको प्रभाव पनि नाफामा परेको देखिन्छ। गत आवको चैतमा ५ करोड २१ लाख ब्याज भुक्तानी गरेकोमा यसपटक ७ करोड ३४ लाख मात्रै भुक्तानी गरेको देखिन्छ। ब्याज भुक्तानी गर्ने रकम २९ प्रतिशतले बढेको हो।
यस्तै कम्पनीले लिएको अल्पकालीन कर्जाको परिमाण पनि बढेको छ। २ करोडबाट ७ करोड ६६ लाख पुगेको हो।
चैतसम्म कम्पनी नेप्सेमा सूचीकृत नभएको जनाएको छ। सो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १२.५१ रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ ७५.५६ रुपैयाँ कायम छ।