काठमाडौं। सामाजिक सुरक्षा कोषमा आबद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश आउँदा ल्याउने टेलिभिजनमा कर नलाग्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत विनाकर टेलिभिजन ल्याउन पाउने घोषणा गरेका हुन्।