डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित, देउवाले हिजै गरे प्रधानमन्त्रीसँग सिफारिस

बिजमाण्डू
२०७९ चैत्र १४ गते १०:१४ | Mar 28, 2023
डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित, देउवाले हिजै गरे प्रधानमन्त्रीसँग सिफारिस


काठमाडौं। कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्कालाई पछि पार्दै डा. प्रकाशशरण महतले अर्थमन्त्रीमा बाजी मारेका छन्।

Tata
GBIME
NLIC

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्थमन्त्री डा. महतलाई बनाउन सिफारिस गरिसकेको उच्च स्रोतको दाबी छ।

गठबन्धन दलको कर्मकाण्डी बैठकपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् बिस्तार गर्ने छन्। बैठक अपराह्न चार बजेलाई राखिएको छ।

डा. महत यसअघि पनि मन्त्री भएका थिए। समानुपातिक सूचीबाट संसद भवन छिरेका महत प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा निकट हुन्।

नेपालको आर्थिक विकासको जग हालेका डा. रामशरण महतका भाइ प्रकाश ऊर्जामन्त्री समेत भएका थिए।

यसअघि चुनाव हारेका कारण उनी सरकारमा जान पाएका थिएनन्। उनी काठमाडौं-५ मा एमालेका इश्वर पोखरेलसँग चुनाव हारेका थिए।

त्यही भएर यसपाली उनी समानुपातिक सूचीमा बसेका थिए। कांग्रेसको गत महाधिवेशनमा उनी महामन्त्रीका प्रत्यासी थिए। 

अर्थशास्त्र पढेका डा. महतलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड पनि सहमत भएका छन्।