मुक्तिनाथ विकास बैंकका ग्राहकले सूर्यविनायकका दुई स्थानमा विशेष छुट पाउने

बिजमाण्डू
२०७९ चैत्र ६ गते ०९:५८ | Mar 20, 2023
मुक्तिनाथ विकास बैंकका ग्राहकले सूर्यविनायकका दुई स्थानमा  विशेष छुट पाउने


Tata
GBIME
NLIC

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुकालागि दुई स्थानमा विशेष छुट पाउने सम्झौता गरेको छ।

बैंकले सूर्यविनायकको ह्वाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकल स्टोरका विबिध सेवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने सहमति गरेको हो।

सम्झौतापछि बैंकका भिसा कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकले दुबै स्थानका सेवा लिँदा छुट पाउने बैंकले जनाएको छ।

यसैगरी बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिजा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटिएम मेशिनबाट रकम झिक्दा कुनै शुल्क नलाग्ने पनि बैंकले जनाएको छ।