भिजन लुम्बिनी ऊर्जा कम्पनीले ३८ करोड २५ लाखको आइपीओ ल्याउने, बोर्डको स्वीकृति पर्खिंदै

बिजमाण्डू
२०७९ फागुन २९ गते १३:१९ | Mar 13, 2023
भिजन लुम्बिनी ऊर्जा कम्पनीले ३८ करोड २५ लाखको आइपीओ ल्याउने, बोर्डको स्वीकृति पर्खिंदै


काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने भएको छ। साधारण सेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

Tata
GBIME
NLIC

बोर्डका अनुसार कम्पनीको निवेदन स्वीकृतिको प्रक्रियामा छ। स्वीकृति पाएपछि कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यसअघि प्रिमियम मूल्यमा साधारण सेयर निष्कासनको अनुमति माग गर्दै सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोर्डमा निवेदन दिएको थियो।