लगानीकोषद्धारा सिएसआर अन्तर्गत ७ लाख ५० हजार प्रदान

बिजमाण्डू
२०७९ फागुन २५ गते १६:११ | Mar 9, 2023
लगानीकोषद्धारा सिएसआर अन्तर्गत ७ लाख ५० हजार प्रदान


काठमाडौं। नागरिक लगानी कोषले ३३औँ वार्षिकोत्स्वको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ।

Tata
GBIME
NLIC

ती संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका छन्।

कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामाग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको छ। 

त्यसैगरी स्वास्थ्य क्षेत्र तर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका विरामीहरुको पुर्नस्थापनको लागि फिजियोथेरापी, एम्वुलेन्स र एकिकृत स्वस्थ्य शिविर संचालनमा सहयोग पुर्याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल, शंखरापुर काठमाडौँलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।

कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्वन्धी कार्यको लागि २ लाख रुपैयाँको चेक प्रदान गरेको छ।

यसअघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराईरहेको पदमपुर आधारभुत बिद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो।

चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दे आइरहेको र आगमी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए।