सिंहदरबारको क्यान्टिनमा म्याद सकिएका खानेकुरा: ३ लाख जरिवाना तिराइयो

बिजमाण्डू
२०७९ फागुन १५ गते ०९:३९ | Feb 27, 2023
सिंहदरबारको क्यान्टिनमा म्याद सकिएका खानेकुरा: ३ लाख जरिवाना तिराइयो


काठमाडौं। सिंहदरबार परिसरभित्रको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको छ। क्यान्टिनमा विभागले आइतवार आकस्मिक अनुगमन गरेको हो।

Tata
GBIME
NLIC

विभागका बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनको क्रममा उक्त क्यान्टिनमा म्याद सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ तथा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि  टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ।

साथै, उक्त क्यान्टिन सञ्चालन गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हितविपरीतको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिवाना गरिएको समेत विभागले जानकारी दिएको छ।