अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्ने उपाय खोज्‍नुपर्छ : राष्ट्रपति भण्डारी

बिजमाण्डू
२०७९ माघ २७ गते १५:३७ | Feb 10, 2023
अर्थतन्त्रमा देखिएको समस्या तत्काल समाधान गर्ने उपाय खोज्‍नुपर्छ : राष्ट्रपति भण्डारी


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न तत्कालै उपाय खोज्‍नुपर्ने बताएकी छिन्।

Tata
GBIME
NLIC

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको राजनीतिक क्षेत्रले लय समाते पनि अर्थतन्त्रको क्षेत्रमा पाइला चाल्नुपर्ने समय आएको बताएकी हुन्।

देशको आर्थिक अवस्थामा जटिलता आएकाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अल्पकालीन तथा दीर्घकालीन उपाय खोज्नुपर्ने उनले बताइन्। बैंक तथा वित्तीय संस्थामा देखिएको ब्याजदर वृद्धिलाई समेत समाधान गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ।

अर्थतन्त्रमा देखिएको समस्याको गहन छलफलपछि उचित समाधान निकाल्नुपर्ने उनको सुझाव छ। लक्ष्यअनुसार राजस्व समेत नउठ्दा समस्या देखिएको उनले बताइन्।