कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई प्राथमिकता

बिजमाण्डू
२०७९ माघ ११ गते ०९:३५ | Jan 25, 2023
कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकलाई प्राथमिकता

काठमाडौं। कुमारी बैंकले ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले सेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

Tata
GBIME

सो सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै दिइएको छ। इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने बताइएको छ।

आवेदन सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन भनिएको छ। सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने सर्त राखिएको छ। म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति तथा कम्पनीमा बिक्री गरिने पनि बैंकले जनाएको छ।