
काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडले २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको गत बुधबार भएको बैठकले माघ २९ गते आइतबारका लागि सभा आह्वान गरेको हो।
सभा काठमाडौं नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बिहान ११ बजेबाट संचालन गरिने कम्पनीले जनाएको छ।
कम्पनीले लाभांश वितरणको प्रमुख एजेण्डासहित सभा आह्वान गरेको हो।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ४० प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर वितरण गरिने विशेष प्रस्ताव पारित गरिने छ। साथै कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गरिने छ।
सभामा संचालकहरुको नियुक्ती, संचालक समितिको प्रतिवेदनमा छलफल गर्ने तथा पारित गर्ने लगायतका विभिन्न प्रस्तावहरु पारित गरिने छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख छ।
कम्पनीले साधारणसभाको प्रयोजनका लागि माघ १८ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ माघ १७ गतेसम्म नेपाल स्टक एक्सचन्ज(नेप्से)मा कारोबार भई कायम सेयरधनीहरु मात्र यस लाभांशका लागि योग्य हुने छन्।