कर्पोरेट डेभलपमेन्ट बैंकले पहिलोपल्ट घोषणा गर्‍यो लाभांश, कति दिँदै छ त ?

बिजमाण्डू
२०७९ पुष २८ गते ११:५५ | Jan 12, 2023
कर्पोरेट डेभलपमेन्ट बैंकले पहिलोपल्ट घोषणा गर्‍यो लाभांश, कति दिँदै छ त ?

काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकले पहिलोपटक लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको पुस २६ गते बसेको संचालक समितिको बैठकको निर्णयले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Tata
GBIME

बैंकले आव २०७८/७९ को वितरणयोग्य नाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २ करोड ५० लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो।

यस्तै, कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार बराबरको नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

बैंकले लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गर्ने छ।

हाल बैंकको चुक्ता पुँजी ५० करोड छ। बोनस सेयर वितरणपछि पश्चात बैंकको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ पुग्ने छ।