नेपाल वायुसेवा निगमले माग्यो १३५ जना कर्मचारी, चौथोदेखि सातौं तहसम्म आवेदन माग

बिजमाण्डू
२०७९ पुष १ गते ०९:१० | Dec 16, 2022
नेपाल वायुसेवा निगमले माग्यो १३५ जना कर्मचारी, चौथोदेखि सातौं तहसम्म आवेदन माग


काठमाडौं। नेपाल वायुसेवा निगमले रिक्त रहेका १३५ पदमा आवेदन खुला गरेको छ। निगमले शुक्रबार एक सूचना जारी गर्दै चौथोदेखि सातौं तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो।

Tata
GBIME
NLIC

निगमका अनुसार योग्यताअनुसारको पदका लागि २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ।

निगमले वरिष्ठ प्राविधिक अधिकृत, प्रशासन अधिकृत, लेखालगायतका पदमा कर्मचारी मागेको हो। 

सातौ र छैठौं तहका लागि १००० रुपैयाँ र पाँचौ र चौथो तहका लागि ५०० रुपैयाँ दस्तुर लाग्ने छ। साथै समुह थप भएमा २५० देखि ५०० रुपैयाँसम्म थप दस्तुर लाग्ने निगमले जनाएको छ।