अभियान लघुवित्तको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार



बिजमाण्डू
२०७९ असोज ७ गते १४:५५ | Sep 23, 2022
अभियान लघुवित्तको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार

काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्थाको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबार हुने भएको छ। 

Tata
GBIME
Nepal Life

नेप्से र लघुवित्तबीच भएको सम्झौता अनुसार कम्पनीको संस्थापक तथा सर्वसाधारण समूहको २५ लाख कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारीसहित) बिक्री गरेको ९ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरी कुल २५ लाख कित्ता सेयर सूचीकृत भएको छ।

सूचीकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई कारोबारका लागि एभिवाइ ए एन संकेत प्रदान गरेको छ। पहिलो कारोबारको ओपनिङ रेन्ज प्रति कित्ता १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँ तोकिएको छ।