राजनितिले ल्याउन चुनावी उतार चढावजस्तो होइन पुँजी बजार। नेपाल भने लहडमा लागेर पुँजी बजारमा भित्रिने लगानीकर्ताहरु धेरै छन्। पुँजी बजारमा लहडे गतिविधिले स्थायित्व नपाए पनि यस्ताखाले गतिविधिबाट बजारलाई अस्थिर बनाइ दिन्छ।
हल्लाको भरमा गरिने लगानीको कुनै भर हुदैन। कम्पनीका वित्तिय विवरणको अध्ययन गरि लगानी गर्न आम लगानीकर्ता प्रोत्साहित हुनु पर्छ। बजारमा आफ्नो अनुकुलको बजार मूल्य नआएसम्म नयाँ लगानी गर्न तत्तपरता देखाउनु उचित हुन्न।
…….
…….
पुँजी बजारमा लहड, देखासिखीमा होइन, अनुशासनमा बसेर लगानी गर्नु अति आवश्यक छ। बीना अनुशासित गरिएको लगानी फलदायक पक्का पनि हुँदैन।
धितोपत्र बजारमा लगानी वा कारोबार गर्नु दुई फरक उद्देश्य हो। लगानी मध्यकालिन वा दीर्घकालिन उद्देश्य राखेर गरिन्छ। वास्तविक लगानी गर्नेहरुले लगानी गरेको धितोपत्रलाई कमसेकम दुई/तिन वर्षसम्म भुल्नु पर्ने हुन्छ वा सामूहिक लगानी कोषमा लगानी गर्नु पर्छ। होइन, कारोबार गर्ने हो भने अनूशासनका साथ सुक्ष्म रुपले बजारको गहन अध्ययन गरिरहनु पर्ने हुन्छ।
पुँजी बजारमा प्रतिफल लगानीले होइन अनुशासनले दिन्छ भन्ने कुरा मनन गर्न अति आवश्यक छ। सामान्यतः लगानीकर्ताहरु बजारमा लगानी गरिसकेपछि कम्पनीको आर्थिक प्रतिवेदन वा अन्य महत्वपूर्ण सूचनाहरु केलाउन थाल्दछन्, जून अत्यन्त गलत हो। लगानीकर्ताले लगानी पूर्व यस्ता कार्य गर्नु पर्छ। साथै लगानी गरिएको कम्पनीको धितोपत्र राफसाफ गरेपछि पनि त्यसको पूर्ण आर्थिक विवरण अध्ययन गर्नु पर्छ, जसबाट भविष्यमा त्यही कम्पनीमा लगानी गर्दा पुराना त्रुटीहरु दोहोरिन्न।
आफुले गरेका सबै अध्ययन अनि कम्पनीका विश्लेषणहरु टिपोट गर्ने गर्न सके उत्तम हुन्छ। बजार कम चलेको अवस्थामा आम लगानीकर्ताहरु बजार प्रवेश गर्न त्यति रुचाँउदैनन्। तर यहि अवस्थामा लगानीकर्ताले आपनो जोखिम न्यूनीकरण पनि गर्न सक्छन्। बजार बढ्दा धितोपत्र दलालकोमा देखिने भिडले नै पुष्टि गर्छ कि नेपालमा लगानीकर्ताहरु बजारमा बढ्न सुरु भएपछि मात्र लगानी गर्न ध्यान दिन्छन्, अन्यथा मौन रहन्छन्।

बजार कम चलेको अवस्थामा आम लगानीकर्ताहरु बजार प्रवेश गर्न त्यति रुचाँउदैनन्। तर यहि अवस्थामा लगानीकर्ताले आफ्नो जोखिम न्यूनीकरण पनि गर्न सक्छन्।
…….
कम गतिमा चलिरहेको बजारबाट पनि धेरै फाइदा लिन सकिन्छ, चाहे नयाँ लगानी गरेर होस् वा अझ गिरावाटबाट बच्न आफूसगँ भएको धितोपत्र राफसाफ गरेर। त्यसकारण दुबै अवस्थाको बजारमा लगानीकर्ताले आपनो दुबै आखाँ खुला राख्नुपर्छ।
धेरैजसो लगानीकर्ताहरु एक कारोबारपछि अर्को गर्न लालायित हुन्छन्, अझ नोक्सानी पछि त झन् बढी। नाफाको मात्र मन्त्र जपेर गरिने लगानीले धेरै जसो नोक्शानी गराउँछ, किनभने बजार कसैको वशमा हुँदैन। तथापि यदाकदा गरिएको चलखेलहरुले बजारलाई वशमा ल्याउने कोशिश गर्छन्, तर त्यो क्षणिक हुन्छ। लगानीकर्ताको हितलाई ध्यानमा राखी नियामक निकायले यस्ता गैरकानुनी चलखेल लाईनिरुत्साहि गर्नुपर्छ।
हल्लाको भरमा गरिने लगानीको कुनै भर हुदैन। कम्पनीका वित्तिय विवरणको अध्ययन गरि लगानी गर्न आम लगानीकर्ता प्रोत्साहित हुनु पर्छ। बजारमा आफ्नो अनुकुलको बजार मूल्य नआएसम्म नयाँ लगानी गर्न तत्तपरता देखाउनु उचित हुन्न।

धेरैजसो लगानीकर्ताहरु एक कारोबारपछि अर्को गर्न लालायित हुन्छन्, अझ नोक्सानी पछि त झन् बढी। नाफाको मात्र मन्त्र जपेर गरिने लगानीले धेरै जसो नोक्शानी गराउँछ, किनभने बजार कसैको वशमा हुँदैन।
……
नेपाली बजारमा देखिने सँधै दोहोरिने प्रवृत्ति के छ भने, लगानीकर्ताहरु न त नाफा वा नोक्सानिमा नै सेयर राफसाफ गर्न अग्रसर देखिन्छन्।
जून अत्यन्तै गलत प्रवृति हो। लगानीकर्ताले जहिले पनि आफूले प्रतिफल लिन खोजेको वा नयाँ लगानी गर्न खोजेको मूल्यको सीमा तोक्नु पर्छ। र, त्यसै अनुसार वातावरणको सहि मूल्याङ्कन गरि नाफा नोक्सान दुवैलाई परिस्थिति अनुसार राफसाफ गर्न सिक्नु पर्छ।
जून अत्यन्तै गलत प्रवृति हो। लगानीकर्ताले जहिले पनि आफूले प्रतिफल लिन खोजेको वा नयाँ लगानी गर्न खोजेको मूल्यको सीमा तोक्नु पर्छ। र, त्यसै अनुसार वातावरणको सहि मूल्याङ्कन गरि नाफा नोक्सान दुवैलाई परिस्थिति अनुसार राफसाफ गर्न सिक्नु पर्छ।
विशेष गरी नयाँ लगानीकर्ताहरु हल्लाको आधारमा बजार प्रवेश गर्छन्। लगानीकर्ताले बजारसँगै हिड्न वा चल्न जान्नुपर्छ, तर हाम्रा लगानीकर्ताहरु बजारलाई जित्ने उदेश्यका साथ अघि बढ्छन्। नेपाली लगानीकर्ताहरु निकै उदार छन्, किनभने उनीहरु आफ्ना दलाल कम्पनीहरुलाई कूनै मूल्य सीमा नतोकि आफूले चाहेको धितोपत्र खरिद वा बिक्रि गर्ने ओदेश दिन्छन्।
तर मूल्य कतिमा? यो ठुलो प्रश्न हो। यसरी मूल्य खूला गर्दा दलाल कम्पनीहरुले चलखेल गर्ने मौका पाउँछन्। त्यसकारण आपनो मूल्य पनि तोक्नु वा त्यसको सीमा भनिदिनु उत्त्तम हुन्छ।
यसका अलावा नेपालमा लगानीकर्ताहरुको फाइदालाई ध्यानमा राखि धितोपत्र बोर्डले आफ्नो बजार संचालनको समय बढाउनु राम्रो हुन्छ। जसबाट साना लगानीकर्ताहरुले आपनो सानो पुँजीबाट तत्काल फाईदा वा आफ्नो जोखिम न्यूनीकरण गर्न सकुन्। यसले गर्दा बजारमा पुँजी वृद्धि भई तरलता बढाउन सहयोग गर्छ।
साथै सिडिएस तथा डिम्याट एकाउन्टको अविलम्ब उचित व्यवस्थापन गरि सम्पूर्ण लगानीकर्ताहरुलाई प्रत्यक्ष लगानीमा प्रवेश गराउन सके स्वतः नेपालमा धितोपत्र बजारको विकास क्रमिक रुपले हुन सक्थ्यो।










