प्राइम बैंकले कैलाशलाई प्राप्ति गर्ने, प्रति शेयर ९४ रुपैयाँ दिने, उच्च ब्यवस्थापनमा प्राइमकै

बिजमाण्डू
२०७६ असार २० गते १५:२९ | Jul 5, 2019
प्राइम बैंकले कैलाशलाई प्राप्ति गर्ने, प्रति शेयर ९४ रुपैयाँ दिने, उच्च ब्यवस्थापनमा प्राइमकै



काठमाडौं। प्राइम कमर्सियल बैंकले पनि कैलाश विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। हिजो सहमति गर्ने तयारी भएपनि प्रावधिक कारणले संभव नभएपछि शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life

प्राइम कर्सियल बैंकको कमलपोखरी कार्यालयमा दुबै बैंकबीच हस्ताक्षर भएको हो। प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

लामो समयदेखि दुबै संस्थाबीच शेयर आदनप्रदान अनुपातका बारेमा कुरा मिलेको थिएन। प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको छ।

९४ रुपैयाँ दिएपछि कैलासले एक जना पनि सञ्चालक पाउने छैन। सुरुमा ८५ रुपैयाँ दिन खोजिएको थियो। ८५ दिँदा एक जना सञ्चालक प्राइममा आउँने छलफल भएको थियो।

अब प्रमुख कार्यकारीमा प्राइमका नारायणदास मानन्धरले नै निरन्तरता पाउने छन्। माथिल्लो ब्यवस्थापनमा पनि प्राइमका नै रहने छन्। कैलाशका प्रमुख कार्यकारीलगायत उच्च ब्यवस्थान बाहिरिन सक्ने स्रोतको दावी छ। 

यसअघि प्राइम बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर सहमति भएको थियो। सैद्धान्तिक स्वीकृति पाएपछि मर्जर भाँडिएको थियो। प्राइमले कही समयअघि कन्काइ विकास बैंकलाई गाभ्न समझदारी गरिसकेको छ।