सगरमाथा आरोहणको ६० वर्षपछि आरोहीको साँचो सम्मान, दुई चुचुरोको नाम तेन्जिङ र हिलारी

बिजमाण्डू
२०७० भदौ २१ गते ००:०० | Sep 6, 2013
सगरमाथा आरोहणको ६० वर्षपछि आरोहीको साँचो सम्मान, दुई चुचुरोको नाम तेन्जिङ र हिलारी

काठमाडौं । नेपाल सरकारले अहिलेसम्म नामाकरण नगरिएका दुई हिमशिखरलाई नाम सगरमाथाका प्रथम आरोहीद्वय तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीको  नाम दिने भएको छ । पर्यटन प्रवद्धर्नको क्षेत्रमा यो प्रयास सह«ानीय हुने समाचार संस्था रोयटर्सले जनाएको छ । न्युजील्याण्डका हिलारी र उनका पथप्रदर्शक तेन्जिङले सन् १९५३ को मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि नै नेपालमा हिमाल आरोहणको सुरुवात भएको थियो ।
सरकारी समितिले दुई शिखरको नाम तेन्जिङ र हिलारी राख्न सिफारिस गरेको छ, समितिको अध्यक्षता गरिरहेका नेपाल पर्वतारोहण संघका पुर्वअध्यक्ष आङ छिरिङ शेर्पाले भने, यो सम्मानले नेपालको पर्वतारोहण क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्ने छ । अहिलेसम्म नाम नदिइएको सातहजार ६ सय ८१ मिटर अग्लो शिखरको नाम हिलारी राख्ने र सात हजार नौ सय १६ मिटर अग्लो शिखरको नाम तेन्जिङ राख्ने प्रस्ताव समितिले गरेको छ । यि दुवै शिखर पर्वतारोहीका लागि आगामी मार्चबाट खोल्ने प्रस्ताव पनि गरिएको छ, शेर्पाले भने ।
विश्वका १४ वटा आठ सय मिटरभन्दा अग्ला हिमशिखरमध्ये आठवटा नेपालमा छन् । पर्यटनले नेपालको अर्थतन्त्रमा चार प्रतिशत योगदान दिनुका साथै हजार्रौलाई रोजगारी दिएको छ । प्रथम सगरमाथा आरोही हिलारीको मृत्यु ८८ वर्षको उमेरमा सन् २००८ मा भएको थियो भने तेन्जिङको मृत्यु ७२ वर्षमा सन् १९८६ मा भएको थियो । सन् १९५३ पछि विश्वका करिव चार हजार मानिसले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । दुई नेपाली शेर्पा र रेकर्ड कायम गर्दै २१ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
नेपालमा एक हजार तीन सयभन्दा बढी हिमाल छन् तर हालसम्म तीनसय २६ वटा मात्र आरोहणका लागि खोलिएका छन् । यस वर्ष सरकारले सात हजार नौ सय ९९ मिटरसम्म उचाईका थप एक सय ६५ हिमाल आरोहणका लागि खोल्ने तयारी गरिरहेको छ ।  

Tata
GBIME
Nepal Life