गोर्खा बैंकबाट निक्षेपकर्ताको पैसा फिर्ता सुरू, संस्थागतको ब्याज, १८० करोड ऋण उठाउन बाँकी

बिजमाण्डू
२०७० जेठ ३० गते ००:०० | Jun 13, 2013
गोर्खा बैंकबाट निक्षेपकर्ताको पैसा फिर्ता सुरू, संस्थागतको ब्याज, १८० करोड ऋण उठाउन बाँकी
काठमाडौं । समस्याग्रस्त गोर्खा डेभलपमेन्ट बैंकले सर्बसाधारण निक्षेपकर्ताको सबै पैसा फिर्ता गर्ने भएको छ । बैंकमा सर्वसाधारण निक्षेपकर्ताको ४० करोड रुपैयाँ पैसा छ । यसवाहेक संस्थागत निक्षेपकर्ता (ठूला) हरुको एक अर्ब ४० करोड रुपैयाँ निक्षेप छ । बैंकले पहिलो चरणमा बचत झिक्न इच्छुक सर्वसाधारणलाई उनीहरुको पैसा फिर्ता सुरु गरेको हो । यसअघि बैंकले सातामा एक पटक न्युनतम रकम भुक्तानी गरिरहेको थियो ।
बैंकले ५० हजारसम्म बचत भएकाहरुको रकम एकमुष्ट भुक्तानी गर्ने भएको छ । ५० हजारभन्दा वढी र १० लाख रुपैयाँसम्म भएकाहरुलाई एकपुष्ट आधा रकम भुक्तानी दिने छ । वाँकी रकम हरेक १५ दिनमा ५० प्रतिशतका दरले भुक्तानी गर्ने छ ।
बैंकले १० लाख रुपैयाँभन्दा वढी भएका निक्षेपकर्तालाई एकमुष्ट ५ लाख भुक्तानी दिने छ । वाँकी रकम ग्राहकसँग समन्वय गरेर भुक्तानी गर्ने बैंकले तालिका बनाएको छ । गोर्खामा राष्ट्र बैंकले व्यवस्थापन हेर्न थालेपछि भुक्तानी रकम वढेको हो । गोर्खालाई पाँच महिनाअघि राष्ट्र बैंकले लिएको थियो ।
बैंकले पाँच महिनाको अवधिमा ३० करोड रुपैयाँ ऋण उठाइसकेको छ । यो अवधिमा बैंकले ठूला निक्षेपकर्ताहरुको ब्याज रकम भुक्तानी थालेको छ । सर्वसाधारणको पैसा भुक्तानी भएपछि बैंकले ठूला निक्षेपकर्तालाई पैसा फिर्ता दिन थाल्ने छ । बैंकले १ अर्ब ८० करोड रुपैयाँ ऋण उठाउन वाँकी छ । यसवाहेक करिव २० करोड रुपैयाँ गैरबैंकिङ सम्पति छ । बैंकले यस्तो सम्पति विक्रीमा राखिसकेको छ ।

Tata
GBIME
Nepal Life