खुश्बु ओलीले ज्यान मार्ने धम्की आएको भनेपछि सुदनले भने: प्रक्रियामा जानु, कारबाही हुन्छ



बिजमाण्डू
२०८३ जेठ २७ गते १६:३० | Jun 10, 2026
खुश्बु ओलीले ज्यान मार्ने धम्की आएको भनेपछि सुदनले भने: प्रक्रियामा जानु, कारबाही हुन्छ

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाइन्।

Tata
GBIME
Nepal Life

ओलीले सो विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

गृहमन्त्री गुरुङले खुश्बु ओलीलाइ बैठक कक्ष भित्रै भेटेर घटनाबारे सोधेका थिए।

उनले घटनाका सम्बन्धी कारबाही अघि बढाइने यसको लागि ओलीलाई प्रक्रियामा जान भनेका थिए।