एभरेष्ट इन्सुरेन्सका ३५ कर्मचारीलाई अवकाश लिन दवाव, बीमाको बैठक

बिजमाण्डू
२०६९ असोज १ गते ००:०० | Sep 17, 2012
एभरेष्ट इन्सुरेन्सका ३५ कर्मचारीलाई अवकाश लिन दवाव, बीमाको बैठक


काठमाडौं । एभरेष्ट इन्सुरेन्सले करारमा रहेका ३८ कर्मचारीलाई अवकाश लिन दवाव दिएको छ । कम्पनीमा कार्यरत ८५ जना कर्मचारीमध्ये ३८ जना करारमा छन् भने बाँकी कर्मचारी स्थायी हुन् ।
बीमा समितिको कारवाहीपछि प्रमुख कार्यकारी अधिकृतबाट एभरेष्ट इन्सुरेन्सको  कम्पनी सचिवको हैसियतमा झरेका केवलकृष्ण श्रेष्ठले करारमा कार्यरत कर्मचारीलाई मंगलवारदेखि अवकाश लिन दवाव दिएका हुन् । उनले सोमवार करारमा कार्यरत कर्मचारीलाई भेटेर कम्पनी बन्द गर्नु परेको भन्दै अवकाश लिन दवाव दिएका थिए ।
उता एभरेष्ट इन्सुरेन्सलाई कारवाही गर्ने विषयमा बीमा समितिको मंगलवार सञ्चालक समितिको बैठक बस्दैछ । एभरेष्ट इन्सुरेन्सले आइतवार मात्रै बीमा समितिले सोधेको स्पष्टिकरणको जवाफ पठाएको थियो । जवाफमा एभरेष्टले इन्सुरेन्स बन्द नगरी बीमा लेख विक्री मात्र रोकेको स्पष्टिकरण दिएको थियो ।

Tata
GBIME