चिलिमेले सोमवार पनि ठूलो फड्को मार्यो, बुटवल पावरको समेत सेयर मूल्य बढ्यो

बिजमाण्डू
२०६९ असोज १ गते ००:०० | Sep 17, 2012
चिलिमेले सोमवार पनि ठूलो फड्को मार्यो, बुटवल पावरको समेत सेयर मूल्य बढ्यो

काठमाडौं । सोमवार पनि चिलिमे जलविद्युत आयोजनाको सेयर मूल्यमा ठूलो वृद्धि भएको छ । आइतवार प्रतिकित्ता २८ रुपैयाँले बढेको चिलिमेको सेयर सोमवार ३७ रुपैयाँले वृद्धि भयो । दुई दिनमा मात्रै चिलिमेको सेयर ६५ रुपैयाँले बढ्यो । सोमवार चिलिमेको सेयर प्रतिकित्ता ११६५ रुपैयाँमा कारोवार भयो । अरुणभ्यालीको सेयर चार रुपैयाँले बढेर ३३६ रुपैयाँमा, बुटवल पावर कम्पनीको सेयर १६ रुपैयाँले बढेर ७०५ रुपैयाँमा कारोवार भयो । जलविद्युत समूहका तीन कम्पनीको सेयर मूल्य बढेपछि यो समूहको सूचक २३ अंकले बढ्यो । बैंक समूहको सूचक ०.६२ अंकले बढेपछि नेप्से सूचक पनि १.४२ अंकले माथि चढ्यो ।
४२ प्रतिशत लाभांस घोषणा गरेपछि छिमेक लघुवित्त विकास बैंकको सेयर दोस्रो दिन पनि ठूलो मूल्यमा बढ्यो । सोमवार छिमेकविकास बैंकको सेयर २२ रुपैयाँले बढेर ४१८ रुपैयाँमा कारोवार भयो । डिप्रोक्स विकास बैंकको सेयर समेत २७ रुपैयाँले बढेर कारोवार भयो । आइतवार ठूलो वृद्धि देखिएको एभरेष्ट बैंकमा सोमवार भने ठूलो उत्साह देखिएन । सोमवार एभरेष्टको सेयर २ रुपैयाँले बढेर ११५५ रुपैयाँमा कारोवार भयो । ग्लोबल आइएमईको वृद्धि सोमवार पनि जारी रह्यो । सोमवारको वृद्धिपछि ग्लोबलको सेयर मूल्य प्रतिकित्ता २७० रुपैयाँ पुग्यो । जानकी फाइनान्सको सेयर मूल्य समेत २० रुपैयाँले बढेर ३५७ रुपैयाँमा कारोवार भयो ।
लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य ५७ रुपैयाँले तल झरेर ११९१ रुपैयाँमा रे नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सेयर मूल्य ६९ रुपैयाँले तल झरेर प्रतिकित्ता १२ सय रुपैयाँमा कारोवार भयो । नेपाल इन्सुरेन्सको १८ रुपैयाँले बढेर २८२ रुपैयाँमा र नेशनल लाइफ इन्सुरेन्सको १० रुपैयाँ बढेर ५४० रुपैयाँमा कारोवार भयो । स्टाण्डर्ड चार्टड बैंकको सेयर मूल्य ३३ रुपैयाँले तल झरेर १८०७ रुपैयाँमा कारोवार भयो ।
युनिक फाइनान्सको बुक क्लोजर
युनिक फाइनान्सले असोज २६ गते साधरणसभा गर्ने भएपछि असोज १० गतेबाट सेयर कारोवार स्थगित हुने भएको छ ।

Tata
GBIME
Nepal Life