काठमाडौं । इनोभेटिभ डेभलपमेन्ट बैकले असोज ११ गते सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । बैकले ३ लाख ३७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । रुपन्देहीको सिद्धार्थनगरमा रहेको बैकको अधिकृत पूँजी १० करोड रहेको छ ।
बैकको प्रवद्र्धकबाट ६ करोड ६२ लाख ५० हजार चुक्ता पूँजी जम्मा भइसकेको छ । बैकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६५ करोड निक्षेप संकलन गरी ४६ करोड कर्जा प्रवाह गरेको विज्ञप्तिमा उल्लेख छ । बैकको रुपन्देही, नवलपरासी र चितवनमा शाखा कार्यालय रहेका छन् ।
