चिलिमेको सेयर मूल्यमा वृद्धि, माछापुच्छ्रेका संस्थापकले बेचे १६ करोडको सेयर

बिजमाण्डू
२०६९ भदौ ३१ गते ००:०० | Sep 16, 2012
चिलिमेको सेयर मूल्यमा वृद्धि, माछापुच्छ्रेका संस्थापकले बेचे १६ करोडको सेयर


काठमाडौं । आइतवार चिलिमे जलविद्युत सेयर मूल्यमा ठूलो वृद्धि भएको छ । प्रतिसेयर २८ रुपैयाँले सेयर मूल्य बढेपछि चिलिमेको प्रतिकित्ता ११२८ पुगेको छ । चिलिमे आयोजनाबाट ठूलोमात्रामा लाभांस घोषणा हुने सम्भावनापछि आइतवार चिलिमेको सेयर मूल्यमा ठूलो वृद्धि भएको हो । आइतवार चिलिमेको एक करोड ४९ लाख रुपैयाँको सेयर कारोवार भयो ।
नगद र सेयर गरेर ४२ प्रतिशत लाभांस घोषणा गरेको छिमेक विकास बैंकको सेयर मूल्यमा समेत आइतवार ३८ रुपैयाँको वृद्धि भयो । छिमेकको प्रतिकित्ता ४१८ रुपैयाँमा कारोवार भयो । एभरेष्ट बैंकको सेयर मूल्यमा समेत आइतवार ठूलो वृद्धि भयो । आगामी साता एभरेष्टले लाभांस घोषणा गर्न लागेको एभरेष्टको आइतवार ४३ रुपैयाँले सेयर मूल्य बढेर प्रतिकित्ता ११५३ रुपैयाँमा कारोवार भयो ।
ग्लोबल आइएमईको प्रवद्र्धक सेयरको आइतवार पहिलो कारोवार १२८ रुपैयाँमा भयो भने साधरण सेयर पाँच रुपैयाँले बढेर २६० रुपैयाँ प्रतिकित्ता कारोवार भयो । लाभांस घोषणा गर्न बाँकी विलिनियर्स क्लवको अर्को बैंक हिमालयन बैंकको सेयर मूल्य समेत आइतवार प्रतिकित्ता १४ रुपैयाँले बढ्यो । माछापुच्छ्रे बैंकमा तुल्सीराम गौतमलाई प्रमुख कार्यकारी अधिकृत बनाउने समाचारलाई लगानीकर्ताले स्वागत गरेनन् ।
आइतवार माछापुच्छ्रे बैंकको प्रतिकित्ता २२ रुपैयाँले सेयर मूल्य तल झरेर १०७ रुपैयाँमा कारोवार भयो भने प्रवद्र्धकको सेयर १५ रुपैयाँ घटेर प्रतिकित्ता एक सय रुपैयाँमा कारोवार भयो । माछापुच्छ्रेको १५ करोड ८३ लाख रुपैयाँको संस्थापक सेयर विक्री भएको हो । युनिलिभरको आइतवार प्रतिकित्ता ३२२ रुपैयाँ घटेर आठ हजार १५० रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME