पाँच दिनमा तीन जिल्लाको भ्रमण सकेर पूर्वराजा काठमाडौंमा

बिजमाण्डू
२०६९ असार २१ गते ००:०० | Jul 5, 2012
पाँच दिनमा तीन जिल्लाको भ्रमण सकेर पूर्वराजा काठमाडौंमा

काठमाडौं ।  धार्मीक उद्धेश्यका साथ लुम्विनी अञ्चलका तीन जिल्लाको ५ दिने भ्रमण पुरा गरेर  पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं ओर्लिए । उनी असार १७ गते भैरहवा गएका थिए । पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे दुई बजे भैरहवा विमानस्थलवाट काठमाडौं आउनका लागि बुद्ध एयरको विमान चढेका थिए ।
विहिवार उनले भैरहवाको दुर्गा मन्दिरमा दर्शन गरेका थिए, त्यहाँ उनले आधा घण्टा पुजा पाठमा बिताए । भित्र उनले पूजापाठ गरिरहँदा बाहिर भने उनका सयौं समर्थकले नारावाजी गरेका थिए । दुर्गा मन्दिर पुग्नु पहिले उनलाई पञ्चकन्यावाट फूलगुच्छा दिएर स्वागत गरिएको थियो ।
असार १७ गते रुपन्देही, कपिलवस्तु र नपलपरासीका धार्मिक स्थलको दशर्न र पुजापाठ गर्न गएका पुर्वराजा ज्ञानेन्द्रले १९ गते भैरहवाको होटल निर्वाणामा पत्रकार सम्मेलन समेत गरेका थिए । पत्रकार सम्मेलनमा उनले नेपालमा नया“ शक्तिको आवश्यकता भएको र त्यो राजसंस्था पनि हुन सक्ने भन्दै आफू राजा भन्दा तल झरेर नआउने बताएका थिए । भ्रमणका क्रममा लुम्विनीको मायादेवी मन्दिर दर्शन गर्न गएका उनले लुम्विनी विकासका बारेमा विषेश चासो राखेका थिए ।

Tata
GBIME
Nepal Life