![बहराइन एयरको शुक्रवारदेखि काठमाडौं–बहराइन उडान सुरु, सातका दुई उडान बहराइन एयरको शुक्रवारदेखि काठमाडौं–बहराइन उडान सुरु, सातका दुई उडान](https://bizmandu.com/wp-content/uploads/2022/09/BahrainAir_general_1.jpg)
काठमाडौं । बहराइन एयरले शुक्रवारदेखि बहराइन– काठमाडौ–बहराइन उडान पुनः थाल्ने भएको छ । बहराइनले यो रुटमा तीन महिनादेखि उडान स्थगित गरेको थियो । काठमाडौ बहराइन एयरको महत्वपूर्ण गन्तब्य भएको निष्र्कष निकाल्दै यो उडान थालेको हो ।
बहराइनको नेपालस्थित जनरल सेल्स एजेन्ट(जिएसए) जेनिथ ट्राभल्सका अनुसार शुक्रवार र आइतबार काठमाडौबाट १०.५५ बजे बहराइनका लागि उडान गर्ने तालिका बनाएको छ । यो एयरले बिजनेस प्रिमियम र इकोनोमी क्लास सिट उपलब्ध गराउने जनाएको छ । बहराइनको काठमाडौ उडानले ५० हजारभन्दा बढी काम गरेका नेपालीले प्रत्यक्ष फाइदा पुग्नेछ ।