राष्ट्रिय निकुञ्जमा रिसोर्ट नचलाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

बिजमाण्डू
२०६९ भदौ २८ गते ००:०० | Sep 13, 2012

काठमाडौं । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटेल तथा रिर्सोट तत्काल नवीकरण नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्याधिशद्वय ताहिर अलि अन्सारी र भरतराज उप्रेतीको संयुक्त इजलासले मुद्धाको छिनोफानो नभएसम्म होटेल नवीकरण नगर्न आदेश जारी गरेको हो । सरकारले होटेल नवीकरणका लागि प्रक्रिया अगाडी बढाएपछि अधिवक्ता विजयकुमार बस्नेतले रिट दायर गरेका थिए । सर्वोच्चले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, वातावरण संरक्षण ऐन २०५३ र नियमावली समेतको व्यवस्थालाई ध्यान दिएर अर्को आदेश नभएसम्मका लागि नवीकरण नगर्न आदेश दिएको हो ।

Tata
GBIME
Nepal Life