पेट्रोलमा पानी भेटिएपछि सीता केयर पेट्रोल पम्प तीन महिनाका लागि निलम्बित

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012
पेट्रोलमा पानी भेटिएपछि सीता केयर पेट्रोल पम्प तीन महिनाका लागि निलम्बित


काठमाडौं । आयल निगमले कालिमाटीस्थित सीता केयर पेट्रोल पम्पलाई तीन महिनालाई निलम्बन गरेको छ । तीन साताअघि पम्पमा पेट्रोल पम्पमा पानी भेटिएपछि निगमले तेल आपूर्ति रोक्का गरेको थियो ।
सीता केयरलाई तीन महिनाको लागि निलम्वन गरिएको छ । पटक पटक पम्पमा लापरवाही भएको भेटिएपछि यो कारवाही गर्न बाध्य भएका हौ, निगमका एक कर्मचारीले भने । यो पम्प नेपाल ग्यास उद्योग संघका उपाध्यक्ष सीताराम तिमिल्सिनाको हो ।
दुई साताअघि तेल चोरीको आरोपमा उनको ट्यांकर समातिएको थियो । तीन साताअघि पेट्रोल पम्पमा तेल भर्दा सवारी साधनमा पानी भेटिएपछि प्रहरीले पम्पमा सिलबन्दी गरेको थियो । प्रहरीले पम्पलाई सिलबन्दी गरेपछि आयल निगमलाई समेत जानकारी गराएको थियो । पम्पमा पानी भेटिएको पुष्टी भएपछि निगमले तेल दिन बन्द गरेको थियो ।
एक वर्षअघि वाणिज्य विभागले गरेको स्थलगत अनुगमनमा समेत यो पम्पमा आयल निगमबाट अनुमति नलिई स्टोरेज टं्याकी लुकाएर राखिएको भेटिएको थियो । स्टोरेज टं्याकी लुकाएर राखेर अभाव भएको बेला महँगोमा बिक्री गरेको भेटिए पनि सामान्य कारवाही गरेर छाडिएको थियो ।

Tata
GBIME