मोटोरोलाको वेरिजनपछि बजारमा आउँदैछन्, एचटीसीको स्मार्टफोन

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012
मोटोरोलाको वेरिजनपछि बजारमा आउँदैछन्, एचटीसीको स्मार्टफोन


नयाँदिल्ली । विश्वभरनै स्मार्टफोनको प्रयोगकर्ता बढेका छन् । सन् २०१२लाई ‘स्मार्ट फोन वार’को संज्ञा भारतीय सञ्चारमाध्यमले दिएका छन् । आफ्नो उत्पादन बिक्रीका लागि मोबाइल कम्पनीको प्रतिस्पर्धामा जुटेका छन् ।
नोकिया विन्डोज–८
नोकियाले न्युर्योकबाट आफ्नो बहुप्रतिक्षित विन्डोज –८ फोन बजारमा ल्याइसकेको छ । यसमा विना तार चार्ज गर्न सुविधा छ । सामसङ र एप्पलको लडाईबीच यो कम्पनीले यो स्मार्टफोन ल्याएको छ । यही वर्ष सामसङले नोकियालाई पछार्दै पहिलो कम्पनी बन्न सफल भएको थियो । कम्पनीको वित्तीय घाटा कम गर्न यो विन्डोजले सफलता पाउनेमा आशावादी छ । गत वर्ष लुमिया लन्च गरेर आशावादी बनेको कम्पनी नचलेपछि निराश भएको थियो ।
मोटोरोला वेरीजन
मोटोरोला कम्पनी अहिले गुमनाम जस्तै छ । कुनै समय प्रतिस्पर्धामा पहिलो नम्बरमा रहेको यो कम्पनीले उपभोक्ताको चाहनालाई ध्यानमा राखेर उत्पादन ल्याउन नसक्दा गुमनाम बनेको थियो । यही कम्पनीले स्मार्टफोन वेरीजन बजारमा ल्याएको छ । कम्पनीले गुगलकै एन्ड्रोइड प्रयोग गरेको छ । यसमा ऐज टु ऐज डिस्प्ले रहेको छ भने फोर जी नेटवर्क पनि चल्छ ।
एप्पल आइफोन–५
स्मार्टफोनको बजारमा एकछत्र राज गरिरहेको एप्पलको आईफोन–५ दुई दिनपछि बजारमा आउँदैछ । विश्वका उपभोक्ताले यो स्मार्टफोनलाई पर्खेर बसेका छन् । यसको स्क्रिन आईफोन –४ को भन्दा ठूलो हुनेछ ।
एचटीसी
एचटीसी स्मार्टफोनले पनि नयाँ फोन बजारमा ल्याउँदैछ । तर उसले आफ्नो उत्पादनको बारेमा केही जानकारी दिएको छैन । उसले १९ सेप्टेम्बरमा विन्डोज ८ फोन बजारमा ल्याउँदैछ । (बीबीसीं

Tata
GBIME