एकसाता निरन्तर घटेपछि सोमवार बजारमा सुधार, नेप्से सात अंक बढ्यो, कारोबार आधाले घट्यो

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
एकसाता निरन्तर घटेपछि सोमवार बजारमा सुधार, नेप्से सात अंक बढ्यो, कारोबार आधाले घट्यो
काठमाडौं। सोमवार सेयर बजारमा सुधार देखिएको छ । गत साताको मंगलवारबाट लगातार घटेको बजारमा सोमवार ७.२५ अंकको सुधार भएको हो । 

Tata
GBIME
Nepal Life

बजार बढेपनि कारोबार रकम भने आधाले घटेको छ । करिब औसतमा ५० करोड रुपैयाँ कारोबार हुँदै आएको बजारमा सोमवार २६ करोड रुपैयाको मात्र कारोबार भयो ।  

कारोबारको करिब दुई घण्टासम्म बैंकिङ, बिकास बैंक र उत्पादन मुलक समूहले बजारलाई डोर्यायो । त्यसपछि भने बीमा, होटेल, जलविद्युत्, वित्त कम्पनी लगायतका समूहमा पनि सुधार देखियो । बजर बन्द हुँदा भने उत्पादनमुलक समूहको परिसूचक भने घट्यो । 

लाभांश घोषणा पछिपनि मूल्य बढ्न नसकेका कम्पनीहरुको सेयर मूल्यमा सोमवार सुधार देखिएको छ । चिलिमे जलविद्युत् कम्पनी, पूर्णिमा बिकास बैंक लगायतका कमपनीको सेयर मूल्यमा सुधार भयो । बिकास बैंकहरुबाट उच्च दरमा लाभांशको घोषणा हुन थालेपछि यो समूहका कम्पनीहरुको मूल्यमा सुधार देखिएको छ । यस दिन मूल्य बढ्ने प्रमूख १० कम्पनीमा सात कम्पनी बिकास बैंक समूहका रहेका छन । एनएमबी बैंकमात्र यी १० मा पर्न सफल वाणिज्य बैंक भयो । 
 

सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेकोले पनि बजारमा यसको प्रभाव देखिएको छ । त्यस्तै, अर्थमन्त्री डा. रामशरण महतबाट पुन बजारमा लगानी गर्न डराउनु नपर्ने धारणा आएपछि बजारमा क्रमिक सुधार देखिन थालेको छ । 

कारोबारमा आएको एक सय ३५ कम्पनीमा ४९ कम्पनीको मूल्य घटेपनि ३५ कम्पनीको मूल्य दुई प्रतिशतभन्दा कमले घटेको छ । मूल्य बढेका कम्पनीहरुमा पनि अधिकांशको सामान्य बढेको देखिन्छ । ३७ कम्पनीको मूल्य दुई प्रतिशतभन्दा कमले वृद्धि भयो । ३८ कम्पनीको मूल्य भने दुई देखि १० प्रतिशतसम्म बढ्यो ।