
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष डा. रेवतबहादुर कार्कीले २५ लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तातरण गरे।
कार्यक्रममा प्रधामन्त्री सुशील कोइरालाले विपत्तीमा परेका नागरिकलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मालगायत उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो।
यस्तै माछापुच्छ्रे बैंकले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। विभिन्न क्षेत्रमा आएको दैवी प्रकोपको विपत्तिमा परेकालाई सहयोग गर्ने उद्देश्यले बैंकले सहयोग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले १० लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे। उक्त सहयोग रकममध्ये बैंकमा कार्यरत कर्मचारीहरुले आधा दिनको तलब सहयोग गरेको बैंकले जनाएको छ।