
काठमाडौ । नेपाल टेलिकमले अरु सेवा प्रदायकसँग खरो उत्रिन आफ्ना सेवालाई सस्तो बनाउँदै लैजान थालेको छ । मोबाइल सेवामा टेन्डर प्रक्रियामै झझन्ट बेहोरेको टेलिकमले ल्यान्डलाइन फोनको महसुलदर सस्तो बनाएको छ ।
टेलिकमले असोज १ गतेदेखि देशभरी ल्यान्डलाइनबाट फोन गर्दा मिनेटको एक रुपैयाँ मात्र लाग्ने भएको छ । अहिलेसम्म अर्को अञ्चलमा फोन गर्दा मिनेटको दुई रुपैयाँ लाग्थ्यो । टेलिकमले अब हरेक दुई मिनेट बराबर एक कल बराबरको महसुल लिने नीति बनाएको छ ।
राती १० बजेदेखि भोलिपल्ट विहानसम्म ८ मिनेटको एक कल हुने प्रावधानलाई हटाएर दुई मिनेटको एक कल बनाउने भएको हो ।