
काठमाडौ । आपूर्ति बढेपछि सबै फलफुलको मूल्य घटेको छ । चाडपर्व नजिकिदै गर्दा फलफुलको मूल्य घटेपछि उपभोक्तालाई राहत हुनेछ । नेपाल फलफुल बिक्रेता महासंघका अनुसार स्याउ, केरा, नासपाती, अनार, कटहर लगायतका फलफुलको मूल्य घटेको छ ।
स्याउको मूल्य १ सय १५वाट घटेर एक सयमा, चिनियाँ स्याउ १ सय २० वाट घटेर एक सय रुपैयाँमा, अनार २ सय ३० वाट घटेर २ सय रुपैयाँमा र केरा एक दर्जनको ४५ रुपैयाँबाट घटेर ४० रुपैयामा झरेको छ ।
महासंघका अनुसार मेवाको मूल्य ७०बाट घटेर ५५ रुपैयाँमा र नासपाती ८५बाट ७० रुपैयाँमा पुगेको छ । आपूर्ति बढेकोले फलफुलको मूल्य घटेको महासंघले जनाएको छ ।