
काठमाडौं । साताको अन्तिम दिन सुन पाँच सय ३५ रुपैयाँले सस्तो भएको छ । विहिवार बढेर ६० हजार पाँच सय नाघेको सुन शुक्रवार ६० हजारमा कारोवार भयो । नेपाल सुन चाँदी व्यवसायी संघले शुक्रवारका लागि छापावाल सुन प्रतितोल ६० हजार रुपैयाँ तोक्यो । विहिवार प्रतितोला ६० हजार पाँच सय ३५ रुपैयाँमा कारोवार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएपछि आन्तरिक बजारमा पनि सुनको मूल्यमा गिरावट आएको हो । अन्तराष्ट्रिय बजारमा शुक्रवार प्रति औंस १७ सय डलर नाघेको सुन घटेर एक हजार छ सय ९७ डलरमा कारोवार भएको थियो ।
शुक्रवार चाँदी पनि प्रतितोलामा सात रुपैयाँले घट्यो एक हजार एक सय ६५ रुपैयाँमा कारोवार भयो । शुक्रवार डलरको तुलनामा नेपाली मुद्राको अधिमूल्यन भयो । सुरुवाती कारोवारमा बैंकहरुले प्रति डलर ८९ रुपैयाँ २० पैसा तोकेकोमा मध्यान्ह त्यसलाई घटाएर ८९ रुपैयाँ ५ पैसा तोकेका थिए ।